मकवानपुर – मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ९७ जना कोरोना भाइरस संक्रमणमुक्र भएका छन् । स्वास्थ्य कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा होम आइसोलेशनबाट ९५ र संस्थागत आइसोलेशनबाट दुई जना गरि ९७ जना संक्रमणमुक्र भएका हुन् ।
पछिल्लो २४ घण्टामा सबै भन्दा बढी हेटौंडा उपमहाानगरपालिकाका ४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । यस्तै थाहा नगरपालिकाका १५ जना, मनहरी गाउँपालकाका २९ जना, बागमती र बकैया गाउँपालिकाका २÷२ जना तथा कैलाश, मकवानपुरगढी र राक्सिराङ गाउँपालिकाका १÷१ जना संक्रमणमुक्त भएको कार्यालयले जनाएको छ । योसंगै जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको संख्या १० हजार २ सय १३ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा मकवानपुरमा ३०९ जनाको कोरोना परिक्षण गर्दा थप ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २२५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १५ जना र ८४ जनाको पीसीआर परीक्षण गर्दा ४१ जना गरी ५६ जनामा कोरोना पुष्टि भएको हो । योसंगै जिल्लामा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ११ हजार २३५ पुगेको कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ३०९ जनाको कोरोना परीक्षणमध्य १८ प्रतिशतमा कोरोना पुष्टि भएको कार्यालयले जनाएको छ ।