हेटाैंडा– लकडाउनबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्दै छ । प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा लकडाउनको बारेमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
शनिवार बसेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन हटाउन नहुने निष्कर्ष निकालेको थियो । समितिले अझै एकसाता लकडाउन लम्व्याउन सरकारलाई सिफारिस गर्ने निर्णय गरेकोछ । सरकारले आन्तरिक तथा बाह्य हवाइ उडानमाथिको रोक पनि जेठ २ गतेसम्म कायम राख्ने निर्णय गरिसकेको छ । कोरोना भाइरस फैलिन नदिन भन्दै सरकारले चैत ११ गतेदेखि नेपालमा लकडाउन गरिरहेको छ ।