हेटौंडा-संविधान दिवसको अवसरमा प्रदेश ३ सरकारको आयोजनामा शुक्रबार प्रदेश राजधानी हेटौंडामा भव्य कर्यक्रम आयोजना गरिएको छ । प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख, उपसभामुख, मन्त्रीहरु , राष्ट्रसभा तथा प्रतिनिधि सभामा सांसदहरु, प्रदेश सभाका सदस्यहरु, जिल्ल समन्वय समितिका प्रमुख, विभिन्न निकायका प्रमुखहरु, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, सहकारी, विद्यालयहरु, विभिन्न जातजातीका झाँकीहरु सहित हजारौं सर्वसाधारणहरुको सहभागितामा भएको ¥यालीले हेटौंडा बजारको परिक्रमा गरेर कार्यक्रममा परिणत भएको थियो ।
(फोटो फिचर)