मकवानपुर – हेटौंडा–१० स्थित वन विज्ञान क्याम्पस परिसरमा कुकुरले फेरि चित्तल मारेको छ । दुर्लभ वन्यजन्तुको रुपमा रहेको चित्तललाई कुकुरले आक्रमण गरेर मार्ने क्रम बढे पनि संरक्षणमा भने ध्यान पुग्न सकेको छैन ।
शुक्रबार बिहान वन विज्ञान क्याम्पसको खेल मैदानमा अन्दाजी ७ बर्षको वयस्क चित्तल मृत अवस्थामा भेटिएको छ । कुकुरले आक्रमण गरेर चित्तलको आन्द्राभुँडी नै बाहिर निकालेर मारेको अवस्थामा चित्तल भेटिएको हो । योसंगै पछिल्लो एक बर्षको बीचमा उक्त क्षेत्रमा २० वटा चित्तल मारिएका छ । चित्तलको राम्रो बासस्थान रहेको वन विज्ञान क्याम्पसको वन क्षेत्रमा चोरी शिकारीको समेत जोखिम रहेको छ । तर, वन क्षेत्र र वन्यजन्तुको सुरक्षाका लागि पर्खाल लगाउने कार्य नहुनु र कुकुर नियन्त्रणमा ध्यान नपुग्दा दूर्लभ चित्तल मारिनुका साथै थप जोखिमा छन् । वन विज्ञान अध्यक्षन संस्थानमा अध्ययनरत विद्यार्थीहरुले केही समयअघि संरक्षणको माग गर्दै पूर्वपश्चिम राजमार्ग बन्द गराउँदा समेत सरोकारवालाले ध्यान दिन सकेको छैन ।