मकवानपुर– जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक हरि बिष्णु ढकालले पर्याप्त पार्किङ स्थल नहुँदा ट्राफिक व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ । कार्यालयले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले हेटौंडा बजारमा दिन प्रतिदिन बढ्दै गएको जनसंख्या तथा सवारी चापको कारण ट्राफिक व्यवस्थापनामा विभिन्न समस्या तथा चुनौति सृजना भएको बताउनुभयो ।

ट्राफिक प्रमुख ढकालले हेटौंडामा पार्किङ स्थल नहुँदा जथाभावी पार्किङ गर्दा र पार्किङ व्यवस्थित बन्न नसक्दा, सडक साघुँरो भएका कारण हेटौंडा बजारमा ट्राफिक व्यवस्थापन चुनौती भएको बताउनुभयो । त्यस्तै उहाँले चालक तथा आम नागरिकले ट्राफिक नियमको पालना नगर्दा, सरोकारवाला निकायले सहयोग नगर्दा, मुल राजमार्ग बजारबाट प्रवेश गर्नु र वार्यपास नुभएका कारण पनि ट्राफिक व्यवस्थापनामा चुनौति भउको बताउनुभएको छ ।
त्यस्तै उहाँले सरकारले ट्राफिक प्रहरीलाई साभन स्रोत सम्पन्न बनाउन नसक्दा, स्थानिय सरकारले व्यवस्थापनमा खासै चाँसो नदिँदा पनि ट्राफिक व्यवस्थापनमा समस्या आएको बताउनुभयो । उहाँले ट्राफिक नियमको पालना नगर्दा मुख्य रुपमा सवारी दुर्घटनाको बढेको समेत बताउनुभयो । मकवानपुरमा छ महिनाको अवधिमा सवारी दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । पत्रकार भेटघाटमा उहाँले चालु आर्थिक वर्षको साउन देखि पुस मसान्त सम्ममा मात्र सवारी दुर्घटनामा मकवानपुरमा ४२ जनाको मृत्यु भएको जानकारी दिनुभयो । यस अवधिमा जिल्लामा ६१ वटा सवारी दुर्घटना भएको जसमा ५१ जना गम्भिर घाइते भएको उहाँले बताउनुभयो । त्यस्तै ३९ जना सामान्य घाइते भएको प्मुख ढकालले बताउनुभयो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार पछिल्लो छ महिनामा सवारी दुर्घटनामा सवै भन्दा वढी भदौ महिनामा ११ जनाको, साउनमा नौ जना र पुस महिनामा नौ जनाको मृत्यु भएको छ । मकवानपुरको ट्राफिकले यो छ महिनाको अवधिमा नियम उलंघन गर्ने ९ हजार ९ सय ९८ वटा सवारीका साधनलाई कार्बाही गरेको तथ्याङ्कमा उल्लेख गरेको छ । सवारीका साधन कार्बाही गरेर ७० लाख १८ हजार ५ सय रुपैयाँ राजस्व संकलन गरेको कार्यालयले जनाएको छ ।