हेटौंडा – हेल्प डेस्क मकवानपुरलाई फर्निचर सहयोग प्राप्त भएको छ । हेटौंडाको द केबि डेकोर हाउस र रोयल केबि फर्निचर एन्ड फर्नेसिङ हाउसले हेल्प डेस्कलाई फर्निचरका सामग्री सहयोग गरेको हो ।
द केबि डेकोर हाउस र रोयल केबि फर्निचर एन्ड फर्नेसिङ हाउसका सन्चालक शुभ जंग थापा, सुवास जंग थापा र सुबोध जंग थापाले आज हेल्प डेस्कलाई आवश्यक विभिन्न फर्निचर सामाग्री सहयोग गरेको द केबि डेकोर हाउसका संचालक सुवास जंग थापाले जानकारी दिनुभयो ।
त्यस्तै द केबि डेकोर हाउस र रोयल केबि फर्निचर एन्ड फर्नेसिङ हाउसका संचालक थापा दाजुभाई एवम् अन्य ब्यवसायी रन्बिर तुम्सिङ मगर, दिप चन्द्र मोक्तान, सन्जिब मोक्तान, भुवन थापा र हेटौंडाको मानस चोकमा रहेको नेपाली चुलोलगायतको सहकार्यमा हेटौंडा अस्पतालमा उपचाररत बिरामीका लागि हेल्प डेस्क मकवानपुर मार्फत एक हप्ताको लागि खाना र खाजा सहयोग गरेको छ । कोरोनाको दोस्रो लहर सुरु भएपछी हेटौंडा अस्पताल परिसरमा हेटौंडाका केही युवाले डेस्क स्थापना गरि बिरामी र समस्यामा परेकाहरुको सहयोग गर्दै आइरहेका छन् ।