बिश्वराम अधित्रकारी÷मकवानपुर
मदन भण्डारी फाउण्डेसन मकवानपुरले यो वर्षको “श्रीचन्द्र शर्मा स्मृति सम्मान” हेटौंडा–९, निवासी समाजसेवी ईश्वरी प्रसाद न्यौपानेलाई प्रदान गरेको छ । फाउण्डेसनका संस्थापक अध्यक्ष श्रीचन्द्र शर्माको स्मृतिमा स्थापना गरिएको नगदसहितको उक्त सम्मानबाट न्यौपानेलाई सम्मानित गरिएको हो ।
मदन भण्डारी फाउण्डेशन मकवानपुरले संस्थापक अध्यक्ष शर्माको स्मृतिमा अक्षय कोष स्थापना गरेर अघिल्लो वर्षबाट नगदसहितको सम्मान प्रदान गर्न सुरु गरेको हो । शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेसनका केन्द्रिय सदस्य डोरमणि पौडेलले नगद १५ हजार ५५५ रुपैयाँसहितको सम्मान हस्तान्तरण गर्नुभएको हो । न्यौपानेलाई नगदसहित, प्रमाणपत्र एवम् दोसल्ला आढाएर सम्मान गरिएको थियो ।
न्यौपानेलाई मकवानपुर जिल्लामा रहि निरन्तर सामाजिक रुपान्तरण, आर्थिक नवनिर्र्माण र राजनैतिक सचेतनाका लागि पु¥याउनु भएको योगदान, निर्वाचित जनप्रतिनिधिका रुपमा जनमुखी गतिविधिका लागि खेल्नुभएको अनुकरणिय भुमिका साथै मकवानपुर जिल्लाकै चिनारीको रुपमा रहेको र सांस्कृतिक उत्थानमा अतुलनिय महत्व राख्ने कुष्माण्ड सरोवर त्रिवेणीधामको स्थापना, विकास र सञ्चालनमा संस्थापक अध्यक्ष देखि हालसम्म पनि महत्वपूर्ण योगदान पु¥याउनु भएको भन्दै सम्मान गरिएको हो । फाउण्डेशनले उक्त पुरस्कारबाट अघिल्लाे वर्ष मकवानपुरका पुराना कम्युनिष्ट नेता बम बहादुर लामालाइ सम्मानित गरेकाे थियाे ।
फाउण्डेसन मकवानपुरका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि बागमती प्रदेशका प्रथम मुख्यमन्त्री एवम् फाउण्डेशनका केन्द्रिय सदस्य पौडेलले जननेता मदन भण्डारीले अघि सारेको विचार र मान्यताहरुको अध्ययन, अनुसन्धान विकास तथा तिनको कार्यान्वयन गर्दे सामाजिक विकास गर्ने उदेश्यले फाउण्डेशनको स्थापना भएको बताउनुभयो । उहाँले जननेता मदन भण्डारीका नविन बिचारलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न फाउण्डेशनले महत्वपूर्ण भुमिका निर्वाह गरेको समेत बताउनुभयो । उहाँले जननेता मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादको सिद्धान्तलाई मार्ग दर्शन बनाएर फाउण्डेशनले आफ्ना गतिविधि अघि सार्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा फाउण्डेसनका प्रदेश कमिटी सदस्य जुनेलीमाया श्रेष्ठ, एमाले बागमती प्रदेश कमिटी सदस्य गोपालबहादुर श्रेष्ठ, रामचन्द्र अर्याल, श्रीचन्द्र पौडेलका धर्मपत्नी सिता पौडेललगायतको उपस्थिति थियो ।