file photo

राष्ट्रपति विद्या देवी भण्डारीले स्थानीय तहको निर्वाचनमा भोट नहाल्ने निर्णय गर्नुभएको छ । राष्ट्रपति संविधानको संरक्षक र सबैको साझा भएकाले कुनै दल विशेषका उम्मेदवारलाई मतदान गर्न उचित नठानेर मतदान प्रक्रियामा सहभागी नहुने निर्णय गर्नुभएको राष्ट्रपति भण्डारीका प्रेस विज्ञ टिका ढकालले जानकारी दिनुभयो । राष्ट्रपति भण्डारीको काठमाडौंको बूढानीलकण्ठ नगरपालिका – ३ को मतदाता नामावलीमा नाम उल्लेख छ । तर, उहाँले राष्ट्रपति पद सम्हालेदेखि भोट हाल्नु भएको छैन । सबैको साझा पदमा रहेको व्यक्तिले दल वा व्यक्ति विशेषलाई मत दिँदा प्रश्न उठ्न सक्ने प्रेस विज्ञ ढकालले बताउनु भयो ।