मकवानपुर – बागमती प्रदेशको राजधानी हेटौंडा स्थित मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले यसै वर्षबाट सञ्चालन गर्न लागेको शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको छ । प्रदेश राजधानी हेटौंडामा आज प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शैक्षिक कार्यक्रमको शुभारम्भ गर्नुभएको हो ।

कार्यक्रमको शुभारम्भ गर्नुहुँदै प्रधानमन्त्री ओलीले प्रतिष्ठानले दक्ष जनसक्ति उत्पादन गर्ने र भरपर्दो सेवा दिनेमा विस्वस्त रहेको वताउनुभयो । प्रतिष्ठानद्वारा उत्पादित बिद्यार्थी हरेक क्षेमा प्रतिस्पर्धा गर्नसक्ने क्षमतावान वनाउनुपर्ने उहाँले तबताउनुभयो । प्रतिष्ठानले सुरुवात देखिनै राम्रो काम गरेको वताउँदै उहाँले हरेक शिक्षालाई गुणस्तरिय शिक्षाको रुपमा बिकास गर्दै जाने सरकारको लक्ष्य रहेको समेत बताउनुभयो ।
हेटौंडामा जननेता मदन भण्डारीको ७० औँ जन्मजयन्तीका अवसरमा शैक्षिक कार्यक्रमको शुभारम्भ गरिएको हो ।

बागमती प्रदेश सरकारले स्थापना गरेको स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सम्बन्धी विभिन्न विषयमा स्नातक तहसम्म अध्यापन गराउन अघिल्लो महिना अनुमति प्राप्त गरेको छ । चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई तीन विधामा अध्यापन गराउन अनुमति दिएको र अब पढाइ पनि सुरु गर्न लागिएको प्रतिष्ठनाका रजिष्टार राजेश प्रसाईले वताउनुभयो । जनस्वास्थ्य, फार्मेसी र मेडिकल ल्याब टेक्नोलोजी अध्यापन गराउन अनुमति प्राप्त भएअनुसार शैक्षिक कार्यक्रम शुभारम्भ गर्न लागिएको प्रसाईंले जानकारी दिनुभयो । उहाँका अनुसार आयोगले जनस्वास्थ्यमा २० जना, फार्मेसीमा ३० जना र मेडिकल ल्याब टेक्नोलोजीमा ३० जनालाई अध्यापन गराउन अनुमति प्रदान गरेको छ ।