मकवानपुर – नेकपा एमालेका महासचिव जननेता मदन भण्डारीको ७०औं जन्मजयन्ती मकवानपुरमा विभिन्न कार्यक्रम आयोजना गरेर मनाईएको छ । मदन भण्डारी फाउण्डेशन, मदनभण्डारी स्पोर्ट एकेडेमी, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत संस्थाले विभिन्न कार्यक्रम गरेर मदन भण्डारीको सम्झाना गरेका हुन् ।
२००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकरणका लागि ‘जनताको बहुदलीय जनवाद (जबज)’ को सिद्धान्त प्रतिपादन गरी उहाँ जनतामाझ लोकप्रिय हुन सफल हुनुभएको हो । उहाँले २०४८ सालको महाधिवेशनमा पेश गर्नुभएको जबजको सिद्धान्तलाई नेकपा एमालेले आफ्नो पार्टीको सिद्धान्त मार्गचित्रको रुपमा लागू गर्दै आएको छ । जबजले शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धा र आन्दोलनबाट जनताको क्रान्तिलाई प्राथमिकता दिएको छ । नेकपा (एमाले) का महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगा भएको जिप दुर्घटनामा परी दुःखद निधन भएको थियो । नेपालको राजनीतिक वृत्तमा माक्र्सवादको नविन प्रयोगकर्ता, विचारक तथा जनताको बहुदलीय जनवाद सिद्धान्तका प्रवर्तक भण्डारीको जन्म जयन्तीमा रहेक वर्ष विभिन्न कार्यक्रम आयोजना गर्ने गरिएको छ ।