मकवानपुर – नेपाल पत्रकार महासंघको स्थापना दिवसको सन्दर्भ पारेर बुधबार बागमती प्रदशको राजधानी हेटौंडामा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको छ । महासंघको ६७ औं स्थापना दिवसकोको अवसरमा प्रभातफेरी कार्यक्रम आयोजना गरिएको हो ।
पत्रकार महासंघ मकवानपुर साखाको आयोजनामा हेटौंडाको सीमाचोकबाट सुरु भएको प्रभातफेरी बुद्धचोक, चेम्बरमार्गहुँदै पुनः बुद्धचोकमा आएर टुंगिएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेशका निवर्तमान अध्यक्ष प्रताप विष्ट, वर्तमान उपाध्यक्ष रुपेश दुलाल, महासचिब कृष्ण सारु मगर, पत्रकार महासंघ मकवानपुरका पूर्व अध्यक्षहरु राममणि दाहाल, भानुभक्त आचार्य, हरि हुमागाई लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।