मकवानपुर – मकवानपुरमा जारी निषेधाज्ञा पुनः एक हप्ता थप गरेर असारको २१ गतेसम्म पु¥याईएको छ । सोमबार प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले असार २१ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा थप गर्नुभएको हो ।
पछिल्लो समय जिल्लामा कोरोना संक्रमणको दर घट्दै गएको भएपनि जोखिम यथावत नै रहेकाले आज राति १२ बजेसम्म जारी भएको निषेधाज्ञा थप खुकुलो पार्दै एक साता लम्ब्याइएको हो । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले आगामी असार २१ गतेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको बताउनुभयो । आगामी २१ गतेसम्मका लागि केहि थप व्यवसायलाई सञ्चालन गर्न दिने गरि निषेधाज्ञा थप गरिएको छ । थप निषेधाज्ञामा सार्वजनिक यातायात संचालनमा भने रोक लागाइएको छ ।
हेर्नुहाेस आदेश