शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारमा जोड
मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाले आगामी आर्थिक वर्षका २०७८/०७९ का लागि ८३ करोड ६७ लाख ४६ हजारको बजेट सार्वजनीक गरेको छ । बिहीबार गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीको सभाध्क्षतामा भएकाे नवौं गाउँसभामा उपाध्यक्ष मनिला बिष्टले आगामी आर्थिक वर्षका लागि ८३ करोड ६७ लाख ४६ हजार बराबरको बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा शिक्षा, स्वास्थ्य, कृषि, भौतिक पूर्वाधार विकासलाई जोड दिएको छ । गाउँपालिकाले संघ, प्रदेश र आन्तरिक स्रोतहरुका समेत अनुमानित आम्दानीलाई मध्यजनर गर्दै ८३ करोड ६७ लाख ४६ हजारको बजेट निर्माण गर्ने गरी नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नीति कार्यक्रममा मनहरी अस्पतालको व्यवस्थापन, निर्माणाधीन पक्की पुलहरुको सम्पन्नता, बालमैत्री कार्यक्रमको निरन्तरता, युवा, महिला, ज्येष्ठ नागरिकलाई अझ सुरक्षित अनुभूति हुने गरी बजेट निर्माण गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।
मनहरी-गा-पा-नीति-तथा-कार्यक्रम-२०७८।७९