file photo

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा गर्नुभएको छ । आज प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत गुमाएपनि राजीनामा दिएर पुनः प्रधानमन्त्रीमा नियुक्त हुने बताउँदै विवादकाबीच पनि ओलीले गर्नुभएको कामहरुको प्रशंसा गर्नुभएको छ । अध्यक्ष थापाले ट्वीट गर्दै विवाद र असफलताको वावजुद लिम्पियाधुरासहितको चुच्चे नक्सा प्रकाशन र सिके राउतलाई मुलधारको राजनीतिमा ल्याएको भन्दै प्रशंसा गर्नुभएको हो ।
उनले भन्नुभएको छ– “नाटकिय परिवर्तन भएन भने आज प्रम @kpsharmaoli ले संसदमा बिश्वासको मत गुमाउनु हुनेछ । आजै राजीनामा आउला । फेरि प्रम बन्न सक्नुहोला । जेहोस् अनेक विवाद, असफलताका वावजुद लिम्पियाधुरासहितको ‘चुच्चे’ नक्सा प्रकाशन र विखण्डनकारी सिके राउतलाई मुलधारमा ल्याउने कामको निम्ति ओलीको सम्झना भैरहने छ ।’