हेटौंडा – मकवानपुरमा कोरानो संक्रमणमुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ५८ जनाले कोरोना जितेका छन् । पछिल्लो २४ घण्टामा होम आइसोलेसनबाट १ सय ३१ जना र संस्थागत आइसोलेसनबाट २७ जना गरी १ सय ५८ जना संक्रमणमुक्त भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना जित्नेको संख्या ९ हजार १ सय ३९ जना पुगेको छ ।
पछिल्लो २४ घण्टामा जिल्लामा थप ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १ सय १८ जनामा परीक्षण गर्दा ५० जनामा संक्रमण देखिएको कार्यलयले जनाएको छ । योसंगै जिल्लामा हालसम्म १० हजार ३ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कार्यलयका अनुसार जिल्लामा हाल होम आइसोलेसनमा ९ सय ५५ जना र संस्थागत आइसोलेसनमा १ सय ७ जना गरी १ हजार ६२ जना संक्रमित उपचाररत रहेका छन् । यसैगरि जिल्लामा पछिल्लो २४ घण्टामा थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नंबर १२ का ७८ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय १७ पुगेको छ ।