हेटौंडा- हेटौडालाई प्रदेश सरकारका सुविधा सम्पन्न बनाउन ९७ करोड बजेट छुट्यायएको छ । प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना मार्फत बागमती प्रदेशको राजधानी हेटौडालाई सुविधा सम्पन्न बनाउन सरकारी कार्यालय भवन, शिक्षा, स्वास्थ्य, सडक लगायतका विकासका पूर्वाधारहरुको निर्माण गर्न ९७ करोड बजेट विनियोजन गरिउको आर्थिक मामिला तथा योजना मन्त्र िकैलाश प्रसाद ढुंगेलले वताउनुभयो ।
प्रदेश सभा हल एवम् मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभा हल निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्नल गर्न आवश्य क बजेट व्यवस्था गरिएको छ । शहरी सडक पूर्वाधार सुधार, समुन्ननत जीवनको आधार कार्यक्रमको लागि प्रदेश स्थित शहरी क्षेत्रका सडकहरुलाई स्तरयुक्त बनाउन दिगो शहरी सडक सुधार कार्यक्रमलाई निरन्तरता दिन आवश्यक बजेट विनियोजन गरिएको छ । नेपाल सरकारसँगको समन्वयमा चितवन जिल्लास्थित माडीको अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्या९पर्यटकीय शहरको रुपमा विकास गर्न गुरुयोजना तयार गर्नुको साथै वैकुण्ठधाम मार्ग, अयोध्या वाटिका, राम सीता उद्यान, हनुमान झुला, नदी व्यवस्थापन लगायतका निर्माण कार्य अगाडी बढाउने व्यवस्था मिलाएको छ।