मकवानपुर । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीमा दक्षिणपन्थी अवसरवाद मौलाएको धारणा राख्नुभएको छ ।

एकीकृत समाजवादी हेटौँडा उपमहानगरपालिका कमिटीको आजदेखि सुरु भएको नगर अधिवेशन उद्घाटन गर्नुहुँदै नेता खनालले समाजवादको ‘एजेण्डा’ बिना कम्युनिष्ट पार्टीहरू टिक्न नसक्ने बताउनुभयो ।

समाजवादी क्रान्ति अहिलेको आवश्यकता भएको बताउनुहुँदै नेता खनालले अब सबै राजनीतिक दलले समाजवादलाई मुख्य विषय बनाउनुपर्ने बताउनुभयो ।

उहाँले सङ्घीय शासन व्यवस्थामा तीन वटै तहका सरकारले समाजवादी कार्यक्रमहरू ल्याएर नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्नुपर्नेमा जोड दिनुभयो ।