हेटाैंडा– नेपालमा आज थप २ हजार ९ सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । ९ हजार ४ सय ३८ वटा नमुनाको पिसिआर विधिबाट परिक्षण गर्दा २ हजार ४९ जना तथा ५ हजार ३ सय ८१ वटा नमुनाको एन्टीजेन विधिबाट परिक्षण गर्दा ८ सय ६९ जना गरी जम्मा २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
देशभरबाट गएको २४ घण्टामा ५ हजार १ सय ४७ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । यो सँगै कोरोना सङ्क्रमणबाट अहिलेसम्म ५ लाख ३६ हजार २ सय ५२ जना निको भएका छन् । आजसम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना भाइरसबाट निको भएको दर ८७ दशमलव ८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । देशभरी आज कोरोना सङ्क्रमणबाट ५३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो सँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८ हजार ४ सय ६५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।