मकवानपुर– हेटौंडा उपमहानगरपालिका–६ गौरीटार स्थित आइसोलेसनमा रहेका कोरोना संक्रमितको मनोवल उच्च बनाउने उदेश्यका साथ आज सांगीतीक कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले सम्बद्ध राष्ट्रीय जनसाँस्कृतिक महासंघ मकवानपुरले संक्रमितलाई मोनोटोनस हुन नदिन तथा मनोबल उच्च बनाउने उदेश्यले मनोरन्जन कार्यक्रम संचालन गरेको हो ।

No description available.

राष्ट्रीय जनसाँस्कृतिक महासंघ मकवानपुर र सियान नेपाल मकवानपुरको संयुक्त आयोजनामा कार्यक्रम संचालन गरिएको हो । कार्यक्रममा माहासंघका केन्द्रीय सदस्य आशाकाजी श्रेष्ठ, महासंघ मकवानपुरका उपाध्यक्ष पुर्ण बिक्रम अधिकारी, सचिब रेस्मी कार्की, सह सचिब लालबहादुर गुरुङ्ग, कोषाध्यक्ष रमेश गहतराज, सचिबालय सदस्य निशा पुडासैनी, कलाकार मनोज शाही र स्वास्थकर्मी निर्मला भ्लोनलाई लगायतले विभिन्न मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । कार्यक्रमको सम्योजन माहासंघका अध्यक्ष राजु राम राउत र सियानका अध्यक्ष सौजन डिसिले गर्नु भएको हो ।

No description available.