मकवानपुर– मकवानपुरको मनहरी गाउँपालिकाले करीब २० करोडको लागतमा १३ वटा सिँचाईका कार्यक्रम सञ्चालन गर्दै छ । उर्जा मन्त्रालयको सोलार सिँचाई कार्यक्रम अन्तरगत मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ मा १३ वटा बोरीङ् निर्माणको ठेक्का भई काम सुरु भएको हो ।
सो मध्ये वडा नम्बर–३ हाडीखोलामा आईतबार गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले दुईवटा बोरीङ्को सिलान्यास गर्नुभएको छ । उक्त लिफ्ट सोलार सिँचाइ योजनाबाट कौगेडी तथा तल्लो साझा टोलका २५० घरधुरी लाभान्वित हुने उहाँले बताउनुभयो । तरकारीको पकेट क्षेत्रका रुपमा रहेको हाँडिखोमा सिँचाईको आभवमा नागरिकले समस्या खेप्दै आएकाले उर्जा मन्त्रालय मार्फत २० करोडको लागतमा सिँचाई परियोजना निर्माण हुन लागेको उहाँले बताउनुभयो । करीब २० करोडको लागतमा मनहरी गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ मा १३ वटा बोरीङ् निर्माण हुने गाउँपालिका अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।