हेटौंडा– चौथो संविधान दिवशका अवसरमा प्रदेश ३ सरकारको आयोजनामा हुने ¥याली हेटौंडा–४ स्थित भुटनदेवी स्कुलको प्राङ्गणबाट सुरु हुने छ । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख प्रदेश स्तरीय संविधान दिवश मुल समारोह समिति अन्तरगत राजनीतिक दल, समन्वय तथा जनपरिचालन उपसमितिका संयोजक रघुनाथ खुलालले ¥याली भुटनदेवी स्क्लको प्राङगणबाट बिहान ७ बजे सुरु भएर मकवानपुर क्याम्पसमा गएर मञ्चको कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो ।
प्रदेश स्तरीयमा प्रदेशको राजधानीमा आयोजना हुने कार्यक्रममा सहभागि हुन उहाँले सबैलाई आग्रह गर्नुभएको छ । आश्विन ३ गते शुक्रबार चौथो संविधान दिवशको अवसरमा प्रदेश सरकारको आयोजनामा हुने विषेश ¥यालीमा आ–आफ्नो पहिचान झल्कने पोषाकमा सहभागि भएर संविधान दिवश तथा राष्ट्रिय दिवशलाई भव्य रुपमा मनाउन उहाँले सबैलाई आग्रह गर्नुभएको छ ।