मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा अधुरा एवम् प्रतिफल दिने कार्यक्रमलाई महत्व दिन सुझाव दिनुभएको छ । स्थानीय तहहरुको अनुगमनका क्रममा आईतबार जिल्लाको बागमती गाउँपालिकाको आयोजनाहरुको अनुगमनका क्रममा उहाँले अधुरा योजनासंगै कोरोना प्रभाव न्यनिकरण गर्ने बजेट निर्माण गर्न सुझाव दिनुभयो ।

No description available.

प्रमुख खुलालले कोरोनाका कारण सबै क्षेत्रमा प्रभाव परेको हुँदा पुराना एवम् प्रतिफल दिने र कोरोना प्रभाव न्यनिकरण गर्ने कार्यक्रमलाई महत्व दिन आग्रह गर्नुभयो । उहाँले विशेषगरी आगामी बजेटमा कोभिड महामारीको असर न्यूनीकरण गर्ने, रोजगारी सृजना गर्ने, उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई प्राथमिक्ता दिन सुझाव दिनुभयो ।

No description available.

स्थानीय तहहरुमा आयोजनाहरुको अनुगमन गर्ने क्रममा प्रमुख खुलालसहितको टोली आईतबार बागमती गाउँपालिका पुगेको हो । अनुगमन टोलीले गाउँपालिकाको लागिनिमा सञ्चालित, प्रदेश एवम् संघीय सरकारको लागानीमा सञ्चालित तथा जिससको मौजदात कोषबाट सञ्चालित आयोजनाहरुको अनुगमन गरेको हो । सो क्रममा अनुगमन टोलीले गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसन वार्ड, १५ शैयाको निर्माणाधीन कोभिड अस्पताल, मौजदात कोषबाट निर्माणाधिन विद्यालय भवन, स्वास्थय संस्था भवन र खानेपानी आयोजना, भारतिय दुतावासको सहयोगमा निर्माणाधिन विद्यालय, प्रदेश सरकारको लागानीमा निर्माणाधिन विद्यालय एवम् पुल तथा संघीय सरकारको लगानीमा निर्माणाधिन सडक आयोजनालगायत भौतिक संरचनाहरुको अनुगमन गरेको थियो ।

अनुगमन टोलीमा जिसस उपप्रमुख भगवती पुडासैनी, गाउँपालिका अध्यक्ष सर्केश घलान, जिसस सदस्यहरु देवराज रिमाल, सरिता विक, समन्वय अधिकारी आनन्दराज पोखरेल, नायब सुब्बा उपेन्द्रनाथ पोखरेल, प्राविधिक रामसेवक मण्डललगायत गाउँपालिकाका कर्मचारीहरको सहभागिता थियो ।