हेटौंडा– मकवानपुरमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हेटौंडा अस्पतालमा उपचारको क्रममा थप ३ जना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हु्नेमा जिल्ला भित्रका २ जना र एक जना जिल्ला बाहिरका रहेका छन् । मृत्यु हुनेहरुमा मकवानपुरगढी–२ का ५० वर्षीय पुरुष,राक्सिराङ–१ का ८२ वर्षीय पुरुष र सलार्हीका ८६ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यलय कार्यलय मकवानपुरले जनाएको छ । मकवानपुरगढी र सलार्हीको संक्रमितको शनिबान दिउँसो र राक्सिराङका एक संक्रमितको आज बिहान उपचारको क्रममा मृत्यु भएको हो । यो संगै कोरोनाबाट मकवानपुर भित्रका मृत्यु हुनेको संख्या १ सय ६ जना पुगेको छ ।
मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सय ५७ जनमा पिसिआर र ९० जनामा एन्टीजेन परीक्षणमा थप ८४ जनामा कोरोना पुष्टि भएको हो । आज पुष्टि हुनेहरुमा सबैभन्दा बढी २९ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका १६ जना,थाहा नगरपालिका र मकवानपुरगढी गाउँपालिका भित्रका १२/१२ जना,बकैया गाउँपालिका भित्रका ११ जना,बागमती गाउँपालिका भित्रका २ जना तथा भीमफेदी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै मकवानपुरमा हालसम्म कोरोना पुष्टि हुनेको संख्या ९ हजार ३ सय ३१ पुगेको छ । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप १ सय ८३ जनाले कोरोना संक्रमण जितेका छन् ।