मकवानपुर – हेटौँडामा एम्बुलेन्स दुर्घटना हुँदा एम्बुलेन्स एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका–११ नवलपुरमा ट्रकसँग ठक्कर खाई दुर्घटना हुँदा एम्बुलेन्समा सवार सर्लाहीको बागमती नगरपालिका–४ का ६६ वर्षीय जितबहादुर थिङको मृत्यु भएको हो ।
भरतपुरबाट बिरामी बोकेर सर्लाही आउँदै गरेको प्रदेश १००५ च ३६३८ नम्बरको एम्बुलेन्सले सोही दिशाबाट हेटौँडातर्फ आउँदै गरेको ना ६ ख ४३८० नम्बरको ट्रकलाई ठक्कर दिई दुर्घटनाग्रस्त हुँदा चालकसहित अन्य ३ जना घाइते भएका छन् । दुर्घटनामा एम्बुलेन्समा सवार बागमती नगरपालिका–४ का ३८ वर्षीय नेमा थिङ गम्भीर घाइते रहेको र थिङ सहित घाइते सबैको चुरुहिल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो । भरतपुरमा कोरोना निको भई डिस्चार्ज भएका व्यक्ती लिएर सर्लाही जाँदै गरेको थियो ।