काठमाडौँ – चीनको तिब्बत सरकारले ३० मेट्रिक टन लिक्विड अक्सिजन सहितको अत्यावश्यक स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको छ । तिब्बत सरकारले सहयोगमा उपलब्ध गराएको ३० मेट्रिक टन लिक्विड अक्सिजन सहितको अत्यावश्यक स्वास्थ्य सामग्री आज नेपाल–चीन सीमामा रहेको तातोपानी नाका भित्राइ नेपाली पक्षलाई हस्तान्तरण गरिएको, काठमाडौँस्थित चिनियाँ दूतावासले जनाएको छ । नेपालमा कोरोना भाइरसको सङ्क्रमण तीव्र रूपमा बढेपछि तिब्बत सरकारले लिक्विड अक्सिजन, भेन्टिलेटर, अक्सिजन सिलिन्डर, अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामग्री सहयोग गरेको हो ।