हेटौंडा– अष्ट्रेलियामा बसेका मकवनपुरे युवाले हेटौंडा अस्पताललाई एक सय वटा अक्सिजन शिलीण्डर सहयोग गरेका छन् । हेटौंडा लडि जेसिज मार्फत अस्पताललाई अक्सिजन सहयोग गरिएको हो ।
मकवानपुरबाट अष्टेलियामा काम गर्दै आएका युवाहरुले कोरोना संक्रमित बिरामीलाई उपचार गर्नका लागि सहज होस भन्ने उदेस्यले अक्सिजन सहयोग गरेको हो । अष्ट्रेलियामा रहेका मकवानपुरे बिसम गौतम, बिरोध थिङ लगाएतकाले सहयोग गरेको रकमबाट आज अस्पतालमा अक्सिजन सहयोग गरिएको थियो । हेटौंडा लेडि जेशिजले संबिधान सभा सदस्य अनन्त पौडेलले हेटौंडा अस्पताल बिकास समितिका अध्यक्ष राजेश प्रसाईलाई अक्सिजन शिलीण्डर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा हेटौंडा लेडि जेशिजका अध्यक्ष प्रतिमा श्रेष्ठ, कार्यक्रम संयोजक मेनुका श्रेष्ठ लगायतकाको सहभागिता रहेको थियो ।