मकवानपुर– मदन भण्डारी स्वास्थय विज्ञान प्रतिष्ठानद्धारा सञ्चालित हेटौँडा अस्पतालमा उपचारका क्रममा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा उपचारको क्रममा ५ जनाको मृत्यु भएको अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सागर काफ्लेले जानकारी दिनुभयो ।
पछील्लो २४ घण्टामा अस्पतालमा कोरोना संक्रमित ४ पुरुष र एक महिलाको उपचारका क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । कोरोनाबाट हेटौँडा उपमहानगरपालिका–४ का ५८ बर्षिय, बकैया गाउँपालिका–११ का ८५ बर्षिय, मनहरी गाउँपालिका–९ का ६२ बर्षिय, बारा जिल्ला जितपुरसिमरा उपमहानगरपालिका–२२ का ४८ बर्षिय पुरुषको मृत्यु भएको डा काफ्लेले जानकारी दिनुभयो । त्यस्तै हेटौँडा ११ की ६० बर्षकी महिलाको पनि कोरोनाको कारण आज बिहान मृत्यु भएको उहाँले बताउनुभयो । यसअघि हिजो पनी हेटौंडा अस्पतालमा कोरोनाका कारण ३ जनाको मृत्यु भएको थियो ।