काठमाडौँ – नेपालमा कोरोना भाइरसबाट आज थप ८ हजार ६ सय ७ जना संक्रमित भएका छन् । आज २२ हजार ३ सय ५३ नमुनाको पीसीआर परीक्षण गर्दा ८ हजार ४ सय ७ जना र ८ सय ७३ नमुनाको एन्टिजेन परीक्षण गर्दा २ सय जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा हाल सम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कूल सङ्ख्या ४ लाख ९७ हजार ५२ पुगेको छ ।
यस्तै आज कोरोनाका कारण १ सय ७७ ज्यान गुमाएका छन् यो सँगै नेपालमा हाल सम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ६ हजार २४ पुगेको छ । नेपाली सेनाले विभिन्न समयमा शव व्यवस्थापन गरेको सङ्ख्या समेत गरी आज १ सय ७७ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसै गरी आज थप ७ हजार ८ सय ९० जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । हाल सम्मको तथ्याङ्क अनुसार नेपालमा कोरोना संक्रमण मुक्त हुने दर ७५ दशमलव ४ प्रतिशत रहेको छ भने १ लाख १६ हजार १ सय ९२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।