file photo

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले भोली हुने राष्ट्रिय सभाको निर्वाचनमा नेकपा एमालेका उम्मेद्वारहरुलाई विजयी गराउन अपिल गर्नुभएको छ । आज उहाँले पार्टीको नामबाट अपिल जारी गर्नुहुँदै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । अपिलमा भनिएको छ, “जेठ ६ गते वागमती प्रदेशबाट प्रतिनिधित्व हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा कमरेड रामबहादुर थापा हाम्रो पार्टीका उम्मेदवार हुनुहुन्छ । उहाँ नेपालको कम्युनिष्ट आन्दोलनको एकजना वरिष्ठ नेता हुुनुहुन्छ । उहाँको विजयले कम्युनिष्ट आन्दोलनको भावनात्मक एकतामा समेत बल पु¥याउने छ । तसर्थ, यस निर्वाचनमा एकतावद्ध भएर आफ्नो पार्टीका उम्मेदवारलाई विजयी बनाउनु हुन आग्रह गर्दछु ।”