file photo

मकवानपुर– बागमती प्रदेशमा आगामी जेष्ठ ६ गते हुने राष्ट्रियसभा उप–निर्वाचनका लागि निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । बुधबार अन्तिम नामावली प्रकाशनसंगै निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य पदको उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गरेको हो ।
राष्ट्रिय सभा सदस्यमा उम्मेदवारी दिनुभएका गृहमन्त्री रामबहादुर थापा “बादल”लाई सूर्य चिन्ह, काँग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल पक्ष र जसपाको समर्थनमा स्वतन्त्र उम्मेदवारी दिनुभएका खिमलाल देवकोटालाई कलम चिन्ह, र नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङलाई मादल चिन्ह प्रदान गरिएको बागमती प्रदेश निर्वाचन आयोग कार्यालयकी सुचना अधिकारी सम्झना ढकालले जानकारी दिनुभयो । राष्ट्रिय सभाको बागमती प्रदेशतर्फको रिक्त रहेको सदस्य पदमा जेठ ६ गते हेटौंडा–४ भुटनदेवी स्कुलको चौरमा मतदान हुँदैछ ।