मकवानपुर– मकवानपुर जिल्लाकाे एघारौं राष्ट्रिपति रनिङशिल्ड जिल्ला स्तरीय छनौट प्रतियोगिता आज (आइतवार) बाट सुरु भएको छ । हेटौंडा–४ स्थित हुप्रचौरमा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता व्यवस्थापन तथा निर्देशक समितिका संयोजक एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रमुख खुलालले एथलेटिक्स तर्फको सटपुट खेल खेलेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो । प्रतियोगिताको उद्धघाटन गर्नुहुँदै उहाँले खेलकुद क्षेत्रको विकासमा प्रतियोगिताले सहयोग पुग्ने बताउनुभयो । विद्यार्थीलाई शैक्षिक विकाससँगै खेलकुद क्षेत्रमा पनि अब्बल बनाउन यो प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख खुलालको भनाई थियो । प्रतियोगितामा जिल्लाका १० वटै पालिकाभित्रका बिद्यार्थीहरुको सहभागिता रहेको छ । छात्र÷ छात्राको भलिबल, र एथलेटिक्सका खेलहरु हुप्रचौरमा भैरहेका छन भने कबड्डिका खेलहरु हेटौंडा ४ स्थित कभर्डहलमा भैरहेको छ ।

जिल्लाका १० वटै स्थानिय तहबाट छनौट भएर आएकाहरुको जिल्ला स्तरीय प्रतियोगिता आजबाट सुरु भएको हो । खेलाडीको क्षमता अभिवृद्धिका लागि प्रतियोगिता सञ्चालन भएको र यो प्रतियोगिताबाट छनौट भएका खेलाडीले क्षेत्रीय प्रतियोगितामा सहभागिता जनाउने जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामाले बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष लामाको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा विभिन्न पालिकाका प्रमुखहरु लगायत खेलकुद क्षेत्रका पदाधिकारी सहित खेलाडी विद्यार्थीहरुको उपस्थिती रहेको थियो । यस्तै सोही अवसरमा जिल्ला खेलकुद विकास समितिले आधुनिक राष्ट्रिय माबि हेटौंडा ४ का प्रधानाध्यापक बिरबंश बैठालाई सम्मन गरेको छ । केही समय अघिमात्र एसियाकै उत्कृष्ट प्रधानाध्यापक घोषित हुनुभएका बैठालाई दोसल्ला ओढाएर सम्मानपत्रसहित सम्मान गरिएको हो ।
प्रतियोगितामा भलिवल, एथलेटिक्स, कवड्डी, सितेरियो करोत, तेक्वान्दो र उसु खेलका प्रतिस्पर्दा हुने छन् । कोभिडको कारण धेरै प्रतियोगिता छरितो बनाउन मार्सल आर्टको खेल सम्पन्न भई सकेको समितिले जनाएको छ । शनिवार भएको तेत्वान्दो खेलको छात्र तर्फ ४८ केजी समुहमा चन्द्रोय माविका रिमेश अधिकारी प्रथम र कैलाशको रत्न ज्योती माविका पासाङ थिङ द्धितीय भएका छन् । यस्तै ५१ केजीमा त्रिभुवन मावि हटियाका अभिशेक बानिया प्रथम,कालिका मावि कैलाशका रोशन मोक्तान द्धितीय, ५४ केजीमा सिद्धार्थ माविका युसुफ ुसेन प्रथम र रत्नज्योती माविका सुसन जिम्वा द्धितीय भएका छन् ।
यस्तै छात्रा तर्फ ४६ केजीमा जनपृयकी रुमीसा राई प्रथम र कालिका माविकी सुस्मिता थिङ द्धितीय भएका छन । ४२ केजी मा जनपृयकी कविना राई प्रथम तथा रत्न ज्योतीकी रचना बुलुन द्धितीय भएका छन् । यस्तै ४४ केजीमा आधुनिक माविकी त्रिष्मा व्लोन प्रथम र ज्योती मावि रोस्मि मोक्तान द्धितीय भएका छन् । यस्तै रुमिसा राई र निमेश अकिारी उत्कृष्ट खेलाडी घोषित भएका छन् ।
यस्तै सितेरियो करोतेमा ४५ केजीमा बालउज्वल माविकी श्रृष्टि घलान प्रथम,महेन्द्र मावि छतिवन कि दिक्षा कार्की द्धितीय, ५० केजीमा महेन्द्र छतिवनकी बविता सिमल्सिना प्रथम र बविता बलामी द्धितीय,४० केजीमा सलिना पाख्रीन ,उर्मिला थिंङ द्धितीय प्रभात मावि छतिवन भएका छन् । ५२ केजी सुरेन्द्र रुम्वा प्रथम महेन्द्र किरण मावि हेटौडा, महेन्द्र मावि छतिवन प्रभावर भम्जन द्धितीय, ४७ केजीमा इवन वोडिंङ स्कुल थाहा नगरपालिका गौरव थापा प्रथम, भुटन देवी माविको आशिष बानिया द्धितीय,४२ केजीमा महेन्द्र किरण हेटौडा अतित लामा प्रथम र महेन्द्र मावि छतिवनका द्धितीय भएका प्रशिक्षक नरेन्द्र श्रेष्ठले जनाएका छन् । यस्तै गौरव थापा मगर र श्रृष्टि घलान उत्कृष्ट खेलाडी भएका छन् ।