मकवानपुर– हेटौंडामा जारी स्थानीय तह शहिद स्मृति अन्तरास्ट्रिय गोल्डकप प्रतियोगितामा बिभागिय टोलि त्रिभुवन आर्मी क्लब फाईनलमा प्रवेश गरेको छ । बिहिबार हेटौंडा –१०स्थित बन बिज्ञान अध्यन संस्थानको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा बिदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसन (अरास) डुवल क्यामरुनलाई ०–१ गेल अन्तरले पराजित गर्दै आर्मी फाईनलमा प्रवेश गरेको हो ।

निकै रोमाञ्चक र प्रतिष्पर्धात्मक खेलमा त्रिभुवन आर्मीका तर्फबाट जर्सी नम्बर ११ का खेलाडी आशिस शाक्यले खेलको दोस्रो हाफको २३औं मिनेटमा गरेको एक मात्र गोल निर्णायक बनेको थियो । प्रतियोगितामा बिभागिय टोलि त्रिभुवन आर्मी क्लबका जर्सी नम्बर २७ का खेलाडी टेक बहादुर बुढाथोकी म्यान अफ द म्याच घोषित हुनुभएको छ । उहाँले नगद १० हजार प्राप्त गर्नुभयो ।

प्रतियोगिताको उपाधिका लागि चैत्र ७ गते शनिबार बिभागिय टोलि त्रिभुवन आर्मीले घरेलु टोलि रिगल हेटौंडा रिसोर्ट मकवानपुर –११ संग प्रतिस्पर्धा गर्नेछ । ३ वटा बिभागिय, ३ वटा ए डिभिजन क्लब, एक बिदेशी, दुई मोफसलका र आयोजक गरि दश टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख, उपविजेताले ५ लाख प्राप्त गर्नेछ्न भने र सर्वोउत्कृष्ट खेलाडीले रोयल एन्फिल्ड मोटरसाइकल र विधागत उत्कृष्ट खेलाडीले २५ हजार प्राप्त गर्नेछन् प्रतियोगितालाई मकवानपुरका १० वटै स्थानीय तहले प्रायोजन गरेको छ ।