file photo

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँग शान्ति सम्झौताका लागि आफू तयार रहेपनि युक्रेन त्यसमा इच्छुक नदेखिएको बताउनुभएको छ । ब्ल्याक सी मार्फत् युक्रेनी खाद्यान्न निर्यात खुला गर्नेदेखि सिरियामा जारी गृहयुद्धसम्मका एजेन्डामा छलफल गर्न इरान पुगेका पुटिनले युक्रेनसँग जारी पछिल्लो अवस्थाबारे बोल्दै उक्त अभिव्यक्ति दिनुभएको हो ।
गत मार्चमा सहमति भएका विषयवस्तु कार्यान्वयनमा युक्रेन गम्भिर नभएको र युद्ध विरामका लागि कुनै चासो नदेखाएको पुटिनको आरोप छ । रुसी राष्ट्रपतिको सो भनाईप्रति युक्रेन सरकारले भने कुनै प्रतिकृया दिएको छैन । रुस युक्रेन युद्ध अझै मत्थर हुन सकेको छैन । युद्धका कारण ठूलो संख्यामा मानविय तथा भौतिक क्षति भएको छ । लाखौं युक्रेनी विस्थापित भएका छन् भने युद्धका कारण विश्वभर खाद्य तथा इन्धनको संकट चुलिने चेतावनी आइरहेका छन् ।