file photo

काठमाडौँ– नेपालमा आज थप ६१ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा हालसम्म ९८ दशमलव ६ प्रतिशत सङ्क्रमित सङ्क्रमणमुक्त भइसकेका छन् भने देश भर गरी जम्मा ९ सय २९ कोरोनाका सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
यसै गरी आज थप ४८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म २ लाख ७५ हजार १ सय १८ पुगेको छ । आज २ हजार ५ सय १२ वटा नमुनाको परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।