काठमाडौं । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले वर्तमान शिक्षा प्रणाली परिवर्तन गर्नुपर्ने बताउनु भएको छ । ४० औं अन्तर्राष्ट्रिय साक्षरता दिवस तथा ५३ औं राष्ट्रिय शिक्षा दिवसका अवसरमा शिखरापुर सामुदायिक सिकाई केन्द्रद्वारा काठमाडौंमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले शिक्षा प्रणाली परिवर्तन जरुरी रहेको बताउनु भएको हो । पौडेलले वर्तमान शिक्षा जीवन उपयोगी र सिपमूलक नभएका कारण बेरोजगारी बढेको तर्क गर्नुभयो ।
कार्यक्रम नेकपाका नेता डा। विजयकुमार पौडेलले कला, संस्कृति र भाषा जगेर्ना गर्नसमेत पनि उत्पादनसँग जोडिनुपर्ने बताउनुभएको थियो । कार्यक्रममा चित्रकला प्रतियोगिताका विजयीलाई पुरस्कार वितरण गरिएको थियो ।