हेटाैंडा । बागमती प्रदेश युबा परिषदको आयोजनामा ‘युवा र नवप्रवर्तन’ शीर्षकमा रहेर प्रदेशस्तरीय खुला वक्तृत्वकला प्रतियोगितामा चितवनका देबेन्द्र श्रेष्ठ प्रथम हुनु भएकाे छ । प्रतियोगितामा मेलिशा ढुङ्गेल दास्रो तथा विबिना लामीछाने तेस्रो हुँदै क्रमशः ५० हजार, ३० हजार र २० हजार प्राप्त गर्नु भएकाे छ ।
परिषदको बार्षिक स्वीकृत युबा प्रतिभा पहिचान कार्यक्रम अन्तर्गत बागमती प्रदेशका १३ जिल्लामा आयोजित कार्यक्रममा प्रथम हुन सफल प्रतिस्पर्धीहरू बीच सामाजिक बिकास मन्त्रालयको हलमा कार्यक्रम आयोजन गरिएको थियाे । परिषदका उपाध्यक्ष सन्तोष चौलागाईंकाे अध्यक्षता एवम् सामाजिक बिकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता कार्यक्रम भएकाे हाे ।

कार्यक्रममा प्रमुख अतिथि माेक्तानले युवा एक नबिन सोच भएकाले समाज परिवर्तन र राज्यको स्वरुप रुपान्तरणमा युवाको भुमिका जरुरी रहेको बताउनुभयाे । अब युबालाई नबप्रबर्तनसंग जोड़ने सके मात्र मुलूकले सम्बृदिको यात्रा तय गर्ने मोक्तानले बताउनु भयो । कार्यत्रफममा प्रदेश युवा परिषद् कार्यकारी उपाध्यक्ष चौलागाईले अबको युवाले बोल्ने कलामात्र हैन, व्यवहारमा पनि दखाउन पनि खाँचो रहेको बताउनुभयाे । समाजको बिग्रेको अवस्था सुधार्ने भनेकै युवाले हो भन्दै उहाँले क्षमता भएका युवालाई देशमै केही गरेर खाने वातावरण रहेको बताउनुभयाे । कार्यक्रममा सहभागी युवाहरूले युवा र नवप्रवर्तनबारे ७ मिनेट समयावधिमा रहेर आआफ्ना धारणा राखेका थिए । कार्यक्रममा मकवानपुर क्यामपसका प्राध्यापक घनश्याम शर्मा, निरा शर्मा र दीपक मिश्रले निर्णायकको भुमिका निर्वाह गर्नु भएकाे थियाे ।