मकवानपुर– मकवानपुरका स्थानीय तहहरुको आर्थिक सहयोगमा यही फागुन २७ गते देखि चैत ७ गते सम्म सञ्चालन हुने “स्थानीय तह सहिद स्मृति गोल्डकप फुटबल” प्रतियोगिताको खेल तालिका सार्वजनीक भएकोे छ । आज हेटौंडामा पत्रकार सम्मेलन गरेर आयोजक मकवानपुर जिल्ला फुटबल संघले खेल तालिका सार्वजनीक गरेको हो ।
हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेल मैदान हुने प्रतियोगितामा देशभरका ए–डिभिजनका १० टिमले सहभागिता जनाउने मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टिका लामाले जानकारी दिनुभयो । १० लाख पुरस्कार राशिको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिगल हेटौडा रिसोर्ट मकवानपुर–११ र नव जनजागृति युवा क्लब सिमरा बीच हुने जनाइएको छ । प्रतियोगितामा प्रतियोगितामा विजेताले उपाधिसहित नगद १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्ने गोल्डकप संयोजक प्रताप बिष्टले जानकारी दिनुभयो । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीले ५० हजार तथा विधातर्फ उत्कृष्ट हुनेहरुले जनही २५÷२५ हजार र प्रत्येक खेलको म्यान अफ द म्याच घोषित हुनेले १० हजार पाउने उहाँले बताउनुभयो । प्रतियोगिताको कलाकार सिताराम कट्टेल (धुर्मस) र कुन्जना घिमीरे(सुन्तली) ले उद्घाटन् गर्ने बताईएको छ ।

May be an image of text

याे वर्ष स्थानीय तह शहिद स्मृती मकवानपुर गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताकाे तेस्रो संस्करण हुने भएको हो । दश वर्ष अघि २०६२/०६३ का जनआन्दोलनका शहीदहरुको स्मृतिमा पहिलो पटक आयोजना भएको गोल्डकपको तेश्रो संस्करण स्थानीय तहका नाममा सञ्चालन हुन लागेको हो । यस अघि विभिन्न प्रायोजकहरुको नाम राखेर सञ्चालन हुँदै आएको प्रतियोगिताका लागि यस वर्षबाट जिल्लाका १० वटा स्थानीय तहबाट सहयोग प्राप्त भएको छ । स्थानीय तहको सहयोगबाट प्रतियोगिता सञ्चालन गर्न लागेको हुँदा मकवानपुर फुटबल संघले यस वर्षबाट खेललाई ‘स्थानीय तह शहीद स्मृति गोल्डकप’ नामाकरण गरेको प्रतियोगिताका संयोजक बिष्टले जानकारी दिनुभयो । प्रतियोगिता सम्पनन गर्न अनुमानित ९४ लाख ४० हजार ५ सय लागत लाग्ने आयोजकले बताएको छ । प्रतियोगिताको पहिलो संस्करणको उपाधि थ्रिस्टार क्लबले र २०७५ मा भएको दोस्रो संस्करणको उपाधि घरेलु टोली मकवानपुर–११ ले जितेको थियो । भने अघिल्लो वर्ष कोरोनाका कारण अन्तिम समयमा प्रतियोगिता स्थगित गर्नुपरेको थियो ।