मकवानपुर– मकवानपुरमा २०७२ सालको विनासकारी भुकम्पका कारण घर क्षती भएर प्रभावित लाभग्राहीहरु अनुदान नपाउँदा निराश भएका छन् । जिल्लाको बकैया गाउँपालिकामा बिहीबार आयोजित अन्तरकृया कार्यक्रममा उनिहरुले ऋण गरेर घर बनाएको तर अनुदान नपाएको गुनासो गरे ।

भूकम्प प्रभावित भूमिहीनहरुको नीजी आवास पुनर्निर्माणको क्षेत्रमा मकवानपुरको बकैया र भीमफेदी गाउँपालिकामा काम गर्दै आएको फियान नेपालद्वारा आयोजित कार्यक्रममा उनिहरुले ऋण गरेर घर बनायौं, अब के हुन्छ ? अनुदान पाउँछौं कि पाउँदैनौं ? भन्दै प्रश्न गरेका थिए । बकैया गाउँपालिका वडा नम्बर ५, ६ र ७ का भुकम्प प्रभावितहरुको समस्याका विषयमा आयोजित अन्तरकृया कार्यक्रममा वडा नम्बर–६ का विष्णु माया विकले गुनासो गर्दै भन्नुभयो–“आश्ंिकमा नाम निस्केको थियो, पहिलो किस्ता पनि पायौं, पुर्ण क्षतीमा पर्न घर बन्नु पर्ने भनियो, पछि नाम निस्किएन, ऋण गरेर घर बनायौं, काहाँबाट किन निस्किएन ?

May be an image of 5 people, including Bibash Adhikari, people standing, people sitting and indoor

माझि र दलित समुदायको बसोबास रहेको ती वडाहरुमा अधिकांश लाभग्राहीको समस्या यस्तै पाईयो । “काठको घर भुकम्पका कारण पूर्ण क्षती भयो तर, प्राविधिकले केहि नभएको भनेर सुनुवाई गरेनन्, दुई पटकसम्म गुनासो गर्दा पनि परेन, पुनरावेदन गर्दा समेत सुनुवाई भएन अहिले गोठको बास छ ।” वडा नम्बर ५ का बुद्धि बहादुर विकले भन्नुभयो । यस्तै वडा नम्बर ५ कै निर्मला घलानले भुकम्पका कारण चिराचिरा परेको बल्कको घर प्राविधिकले निरिक्षण गरेर पूर्ण क्षतीमा पर्छ भन्ने आश्वासन दिएर पनि नपरेकोमा गुनासो गर्नुभयो ।

May be an image of 14 people, people standing and people sitting

त्यस्तै वडा नम्बर ५ कै शोभा परियारले पूर्ण क्षतीमा परेर दुई किस्ता प्राप्त गरेर घर सम्पन्न गरेको तीन महिना भईसक्दा समेत तेस्रो किस्ता पप्त गर्न नसकेको गुनासो गर्नुभयो । यस्तै मान कुमारी विकले रातो कार्ड पाएर पनि नाम खोज्दा नभेटाएको गुनासो गर्नुभयो । यस्तै उहाँले राजनैतिक पहुँच हुनेले छिट्टै पाउने, बोल्न नसक्नेले नपाउने पाउने हो र ? भन्दै प्रश्न गर्नुभयो । यस्तै कार्यक्रममा वडा नम्बर ५ कै सन्त सिल्वालले आंशिकिबाट पूर्ण क्षतमिा परेर पनि अनुदान पाउन नसकेको गुनासो गर्नुभयो ।
त्यस्तै वडा नम्बर ६ कि चन्द्रकुमारी माझिले आंसिकमा परेको तर पछि प्राविधिकले घर बनाउनु पूर्ण क्षतीमा पर्छ भन्ने सल्लाह दिएर पुर्ण क्षतीमा नाम नपरेको गुनासो गर्नुभयो । कार्यक्रममा अधिकांसले घर बनाएर पनि किस्ता पाउन नसकेको गुनासो गर्नुभएको थियो । अन्तरकृयाका क्रममा कतिपय प्रक्रियागत त्रुटी त कतिपय प्राविधिक कारणले समेत उनिहरुले अनुदान पाउन नसकेको पाईएको छ । उनिहरुले बसिरहेको घर भत्काउन लगाइएको, पुनरावेदन दिन लगाईएको, गुनासो पनि भरेको तर नाम नपर्दा ऋणि बन्नु परेको गुनासो गरेका छन् ।

May be an image of 9 people, people sitting and people standing

बिहिबार बकैया गाउँपालिका वडा नम्बर ५ मा आयोजित भुकम्प पुनर्निर्माणको अवस्था, समस्या तथा छलफल कार्यक्रमममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका केन्द्रिय योजना शाखाका भगवान अर्याल र आर्थिक प्रशासन शाखा दिपक लामिछानेले विभिन्न कारणले छुटेकाहरुका विषयमा अध्यन गरेर समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । साथै जिल्ला स्थित कार्यालयका तारानाथ लामिछाने र संजिक बस्नेतले समस्यामा परेकाहरुको अभिलेख हेरेर समस्या समाधानका लागि यथासिघ्र पहल गर्ने बताउनुभयो ।
फियान नेपालको सहयोगमा संचालित खाद्य अधिकार समुह बकैया–५ का अध्यक्ष शुक्रबहादुर विकको अध्यक्षतामा भएको कार्यक्रममा फियानका केन्द्रिय प्रतिनिधि, ५ नम्बर वडाका जनप्रतिनिधि, फियानका जिल्ला प्रतिनिधि रेश्मी कार्कीलगायत संचारकर्मीहरुको उपस्थित् िथियो । टोलीले पुनर्निमार्णको अवस्थाका बारेमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकिय अधिकृतसंग समेत छलफल गरेको थियो ।