शुक्रवार पनि सुनको भाउ घटेको छ । शुक्रवार तोलाको ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो बिहीवार सुन तोलाको ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलाको १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।