देशभर पछिल्लो २४ घण्टामा थप ९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७३ हजार ७ सय ६० पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
आज थप ७१ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ७० हजार १ सय ३९ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । मन्त्रालयका अनुसार आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ५ सय ५५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् । यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप १ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ६६ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।