प्रधानमन्त्री केपी शर्मा ओली अदालतको अपहेलना मुद्दामा लिखित जवाफ दिन आज सर्वोच्च अदालतमा आफैं उपस्थित हुनुहुने भएको छ । गत माघ ११ गते वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्यले प्रधानमन्त्री विरूद्ध अपहेलनाको मुद्दा दर्ता गराउनुभएको थियो । वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलाई बाजे वकिल भनेको तथा तमासा भनेको भन्दै अवहेलना मुद्दा दर्ता भएको थियो । सर्वोच्च अदालतले प्रधानमन्त्री ओलीलाई बाटोको म्यादबाहेक सात दिनभित्र आफैं आएर लिखित जवाफ दिन आदेश दिएको थियो ।