इङ्ग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग १० अङ्कको अग्रता कायम गरेको छ । गएराति भएको खेलमा एभर्टनलाई ३(१ गोल अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटीले १० अङ्कको अग्रता बनाएको हो । जितसँगै म्यानचेस्टर सिटीको २४ खेलबाट ५६ अङ्क भएको छ भने समान २४ खेल नै खेलेको म्यानचेस्टर युनाइटेडको ४६ अङ्क छ । एभर्टन २३ खेलमा ३७ अङ्क जोड्दै सातौँ स्थानमा छ । यस्तै, गएराति नै भएको अर्को खेलमा बनर्ली र फुलह्यामले एकरएक गोलको बराबरी खेलेका छन् ।