मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरको ७३ औं बोर्ड बैठक मंगलबार बसेको छ । जिसस प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले केहि नियमित कामका बारेमा समिक्षा गर्नुका साथै विभिन्न निर्णय गरेको छ ।

बैठकले व्यवसाय प्रबद्र्धन केन्द्र सञ्चालन सम्बन्धी नियमावली र कार्यविधि स्वीकृतीका लागि प्रदेश सरकार समक्ष सिफारीस गरेको छ । प्रदेश सरकारको आर्थिक सहयोगमा जिल्ला समन्वय समितिले सञ्चालन गर्ने तयारी गरेको केन्द्र सञ्चालनका लागि नियमावली तथा कार्यविधि तयार पारेर स्वीकृतिका लागि प्रदेश सरकार समक्ष स्वीकृतिका लागि सिफारीस गर्ने निर्णय गरेको प्रमुख खुलालले जानकारी दिनुभयो । यस्तै बैठकले विभिन्न स्थानीय तहहरुमा हस्तान्तरण भएका सामग्रीको निर्णय अनुमोदन गर्नुका साथै समसामयिक विषयमा समिक्षा गरेको उहाँले जानकारी दिनुभयो ।
बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेश कुमारी प्रधान, सानुकान्छि स्थाङ्तान, बुद्धिबहादुर मोक्तान, सरिता बिक, समन्वय अधिकारी आनन्दराज पोखरेल लगायतको सहभागिता थियो ।