हेटौंडा–जिल्ला समन्वय समिति (जिसस) ले मकवानपुरबाट सरुवा भएर जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी आश्मान तामाङलाई विदाई गरेको छ । सोमबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले मायाको चिनो सहित विदाई गर्नुभएको हो ।
प्रमुख जिल्ला अधिकारी तामाङ करीब १४ महिने मकवानपुर बसाई सकेर धादिङको प्रमुख जिल्ला अधिकारी भएर जान लाग्नुभएको छ । विदाई कार्यक्रममा बोल्दै जिसस प्रमुख खुलालले मकवानपुर रहँदा गर्नुभएको समन्वय र सहकार्यलाई धादिङमा पनि निरन्तरता दिन सुझाव दिनुभएको छ । उहाँले मकवानपुरमा पु¥याउनु भएको सहयोगको लागि धन्यवाद समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तामाङले मकवानपुर जिल्लामा रहेर धेरै कुरा सिक्ने अजसर पाएको बताउनुभयो । उहाँले आफुले सिकेकाकुराहरुलाइृ अन्य जिल्लामा गएर पनि व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बिषेश गरि जिल्ला समन्वय समितिबाट धेरैकुरा सिक्ने अवसर पाएको भन्दै प्रमुख खुलालाई धन्यवाद समेत दिनुभयो ।
त्यस्तै कार्यक्रममा ३ नम्बर प्रदेशका प्रमुख सचिवका रुपमा आउनुभएका तोयम रायलगायत अन्य मन्त्रालयका सचिवहरुलाई मकवानपुरमा स्वागत समेत गरिउको थियो ।