मकवानपुर– बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईले प्रदेश सरकारले संविधानको मर्म अनुसार जनमैत्री काम गरेको बताउनुभएको छ । प्रदेश सरकार गठनको तेस्रो वार्षिकोत्सव कार्यक्रमको आज हेटौंडामा उद्घाटन गर्नुहुँदै प्रमुख प्रसाईले प्रदेश सरकाले संविधानको मर्म र भावना अनुसार आफ्नो काम कर्तव्य र जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गरेको बताउनुभएको हो ।

प्रदेश प्रमुख प्रसाईले बागमती प्रदेश सरकारले प्रदेशभरीका विभिन्न जिल्लामा राष्ट्रिय गौरवको आयोजना तथा बहुबर्षिय योजना कार्यान्वयन गर्दै जनताको जिवन स्तर उकास्न प्रयासरत रहेको बताउनुभयो । प्रदेश सरकारले गरेका कामले बागमती प्रदेश सरकार जनताका बीचमा लोकप्रिय बन्दै गएको बताउनुभयो । उद्यमशिलता विकास, रोजगारी सिर्जना, नागरिकको जीवनस्तरमा सुधार जस्ता क्षेत्रको सुधार गर्न प्रदेश सरकार लागि परेको भन्दै उहाँले बागमती प्रदेश सरकारले ३ बर्षमा सामाजिक न्यायसहितको उच्च तथा दिगो आर्थिक बृद्धि हासिल गर्न क्रियाशिल रहेको बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिकुलताका विचमा समेत प्रदेश सरकारले उल्लेख्य उपलब्धीहरु हाँसिल गरेको बताउनुभयो । तीन वर्षको अवधिमा सरकारलाई सहयोग गर्ने भन्दा पनि असहयोग गर्ने काम धेरै भएको भए पनि प्रदेश सरकारले गरेको कामबाट निरास हुनुपर्ने कुनै कारण नरहेको मुख्यमन्त्री पौडेलले वताउनुभयो । प्रतिकुलताका बाबजुद पनि भौतिक पुर्वाधार, कृषि, स्वास्थ्य, शिक्षा, शुसासनलगायत क्षेत्रमा सरकारले धेरै काम गरेको उहाँले वताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका मभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा नमुना मुलक काम भएको वताउनुभयो । कानुन निर्माणलगायत क्षेत्रमा बागमती प्रदेश सरकारले उल्लेख्य उपलब्धी हासिल गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बागमती प्रदेश सरकारले गरेका कामहरु जनमैत्री भएको बताउनुभयो । प्रतिकुल वातावरणका बाबजुद प्रदेश सरकारले जनतालाई केन्द्रमा राखेर काम गरेको उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रदेश सरकारले तीन वर्षमा गरेका कामहरु समेटिएको पुस्तक समेत विमोचन गरिएको थियो । भने, तेस्रो वार्षिकोत्सवका अवसरमा विभिन्न व्यक्ति एवम् संघ संस्थालाई सम्मान गरिएको थियो । कार्यक्रममा प्रदेश प्रमुख सचिव डा. बिके, प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रहरी नायब महानिरीक्षक वसन्तकुमार लामा, सामाजिक विकास मन्त्रालयका प्रवक्ता पुरुषोत्तम सेढाईंलगायतलाई विशेष सम्मान गरिएको थियो । भने, बिभीन्न मन्त्रालयबाट उत्कृष्ट काम गर्ने कर्मचारी, बिभीन्न संघसंस्था र कर्मचारीहरु समेतलाई सम्मान गरिएको थियो । कार्यक्रममा बागमती प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल, भुमी व्यवस्थाप कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद दुङगेल, बागमती प्रदेशका प्रमुख सचिव मान बहादुर विके, विभिन्न मन्त्रालयका सचिव सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।