file photo

देशभर पछिल्लो २४ घण्टामा थप १ सय १९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या २ लाख ७१ हजार ९ सय २५ पुगेको मन्त्रालयले जनाएको छ ।
यसैगरी, आज थप २ सय ६० जना कोरोना सङ्क्रमणमुक्त भएसँगै हालसम्म कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या २ लाख ६८ हजार ७२ पुगेको मन्त्रालयले जनाएको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आइसोलेसनमा गरी कूल १ हजार ८ सय १५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी, कोरोना भाइरसको सङ्क्रमणबाट आज थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म २ हजार ३८ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।