सांकेतिक तस्विर

नेपालमा पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेसँगै हल्का वर्षा तथा हिमपात भएपछि आजबाट मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
आज दिउँसो प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । आज राति पनि प्रदेश १ को पहाडी भू–भाग तथा गण्डकी प्रदेशका थोरै स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहने जनाइएको छ ।