मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले सिंह दरवारको अधिकार प्रत्येक नागरिकको घरघरमा पु¥याउने महत्वपूर्ण दाईत्व स्थानीय हतको हुने बताउनुभएको छ । राष्ट्रिय परिचयपत्र, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्बन्धी हेटौंडामा आयोजित अन्तरकृया कार्यक्रममा उहाँले नागरिकको अधिकार स्थापीत गर्ने दाईत्व तीनवटै तहको भएपनि महत्वपूर्ण भुमिका स्थानीय तहको हुने बताउनुभएको हो ।

No description available.

प्रमुख खुलालले सरकारले अभियानका रुपमा सञ्चालन गर्न लागेको राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सम्बन्धी विवरण संकलनमा कोहि पनि नछुटुन भन्ने विषयमा स्थानीय तहले ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले राज्यले ठुलो लगानी लगाएर नागरिकलाई एकै ठाउँबाट सबै ेवा दिने उदेश्यका साथ अभियान सञ्चालन गर्न लागेको भन्दै व्यवस्थित विवरण संकलनमा सबैले उत्तिकै सहजिकरण गर्नुपर्ने बताउनुभयो । उहाँले सरकारको अभियानलाई सफाल बनाउन आफ्नो तर्फबाट सहयोग र समन्वय रहने भन्दै सबैलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो ।

No description available.

राष्ट्रिय परिचयत्र तथा पञ्जीकरण विभागको आयोजना तथा जिल्ला प्रशासन कार्यालय मकवानपुरको समन्वयमा जिल्लामा राष्ट्रिय परिचयपत्र वितरण, सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता सम्बन्धी शिविर आयोजना गर्ने उदेश्यका साथ अन्तरकृया गरिएको हो । मकवानपुर जिल्लामा राष्ट्रिय परिचयपत्र विवरण संकलनको कार्य भोली देखि हेटौंडाबाट सुरु हुने बताईएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजालको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय परिचयपत्र वितरणमा स्थानीय तहले महत्वका साथ काम गर्नुपर्नेमा जोड दिईएको छ ।

No description available.

कार्यक्रममा विभागका महानिर्देशक जितेन्द्र वस्नेत, निर्देशकहरु सुवास ढकाल र युवराज कट्टेलले राट्रिय परिचयपत्र, व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा कार्यक्रमका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, सामाजिक विकास मनत्रालयका सचिव दिपक काफ्ले, समन्वय अधिकारी आनन्दराज पोखरलेलगयत मकवानपुरका स्थानीय तहका प्रमुख÷उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुको सहभागिता थियोृ ।