हेटौंडा– हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा नेकपाको वडा कमिटी पुनर्गठन गरिएको छ । सोमबार बसेको वडा कमिटीको बिस्तारीत बैठकले तत्कालिन अध्यक्ष पुण्य सिद्धि लामालाई निलम्बित गर्दै नयाँ कमिटी गठन गरेको हो ।
बिस्तारीत बैठकले पार्टी बिधान बिपरित गतिविधिमा लागेको भन्दै अध्यक्ष लामालाई कारबाही गर्दै तत्कालिन सचिव अर्जुन अर्यालको अध्यक्षतामा ३५ सदस्य नयाँ कमिटी गठन गरेको छ । बैठकले तत्कालीन सचिब अर्याललाई अध्यक्ष र सुक्रदेबी बललाई सचिबमा सर्बसम्मत चयन गरेको हो ।
अर्जुन अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एवम् बागमती प्रदेश सभा सदस्य जुनेली श्रेष्ठको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा नेकपा जिल्ला सदस्य लालबहादुर थापा, नगर सदस्यहरु भवानी शर्मा, रामचन्द्र स्यङबो, बखान सिङ लामा लगायको उपस्थिति थियो ।