बलिउड नायक अक्षय कुमारले अभिनय गरिरहेको चलचित्र ‘बच्चन पाण्डे’को प्रदर्शन मिति तय गरेको छ ।यो चलचित्रमा अक्षयको साथमा नायिका कृती सेननको मुख्य भूमिका छ । फर्हाद साम्जीको निर्देशन तथा साजिद नाडियाडवालाको निर्माणमा बनिरहेको यो चलचित्र सन् २०२२ को जनवरी २६ तारिखमा रिलिज हुने भएको छ ।

नायक अक्षय कुमारले चलचित्रको एक तस्वीर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । यो मितिमा रिलिज भएका बलिउड चलचित्रले राम्रो कलेक्शन गरेका उदाहरण यसअगाडि पनि छन् । अक्षयको यो गेटअपले दर्शकमाझ कौतहुलता जगाएको छ । नायक अक्षय कुमारको ‘बेल बटम, रक्षा बन्धन’ लगायतका चलचित्र पनि रिलिजको क्रममा छन् ।